अर्थ

नेप्से परिसूचक ४.६३ अंकले बढ्यो



काठमाडौँ, १८ पौष । आज सेयर बजार नेप्से परिसूचक ४.६३ अंक बढेको छ ।

बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो ।

यस दिन विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढ्यो । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशत बढे । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशत घटे ।

न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ९.९, सप्तकोशी विकास बैंकको ९.९, सिन्धु विकास बैंकको ९.७९ तथा सुपरमादी हाइड्रोपावरको ९.६, ग्रीन डेभलपमेन्ट बैंकको ९.२, कर्पोरेट डेभलपमेन्ट बैंकके ९, रिभरफल्स पावरको ८.८, आत्मनिर्भर लघुवित्तको ७.८ तथा त्रिशुली जलविद्युतको ६.६ प्रतिशत मूल्य बढ्यो ।