राजनीति

ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित



काठमाडौँ, १८ पौष । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित भएको छ ।

आज बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको हो । एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ । उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

सो प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उनको भनाइ छ । सचिवालयले पास गरेको प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको ज्ञवालीले बताए ।