समाचार

मुस्ताङमा पर्यटक आगमन ५० प्रतिशतले वृद्धि



काठमाडौँ, १८ पौष । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलव २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको हो  । 

मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा एक लाख ३५ हजार सात सय १९ जना पुगेको छ । सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका र अनलाइन मार्फत रुट परमिट लिने प्रणाली सुरु भएका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो ।