Banner News

संसद् अधिवेशन बोलाउन माओवादीको माग



काठमाडौँ, १९ पौष । माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको स्थायी समितिले सरकारले संसदको अधिवेशन पछि धकेलेर दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला त्यसको विरोध गर्दै बैठक बोलाउन माग गरेको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाउन सरकारलाई दबाब दिने बताए ।

कांग्रेस–एमाले गठबन्धन सरकारले अध्यादेश ल्याएर दल फुटाउने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको छ । सरकार अस्थिरता ल्याउन उल्टो बाटोमा हिँडेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकार संसद् बोलाउनुपर्नेमा अध्यादेशको बाटोमा अघि बढ्न खोजेको र दल फुटाउने षड्यन्त्रमा लागेको बैठकमा बताएका थिए ।