अर्थ

वीरगञ्जबाट धानचामल आयात बढ्यो



पर्सा, १९ पौष । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६०.२८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५.२३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो । 

चालु आवको पाँच महिनामा रु ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४.१२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २०.८८ प्रतिशतले वृद्धि भएको छ ।