Banner News

इमान्दारिताका साथ अनुसन्धानमा लाग्न आवश्यक : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १९ पौष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो कार्यकालमा भ्रष्टाचार र सामाजिक विभेदविरुद्ध तथा सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेमा आफू सहमत रहेको बताए । 

उनले भने, “एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरा पनि साँचो हो । तर, जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ,” “सदनमा प्रश्न उठेका छन्, गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् । इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । यसका लागि सहमति हुनुपर्छ ।”