काठमाडौँ, २० पौष । चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् ।
शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको हो । अल्लु अर्जुनका वकिल अशोक रेड्डीका अनुसार अतिरिक्त महानगरीय सत्र न्यायाधीशले अल्लुलाई दुई जमानत पेस गर्न भनेका छन्, जसमा उनले प्रत्येक ५० हजार भारतीय रुपैयाँको दुईवटा जमानत भर्नेछन् ।
अल्लुलाई आइतबार अनुसन्धान अधिकृत समक्ष उपस्थित हुन निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्