राजनीति

राप्रपा नेपालले चैतदेखि ‘जनसंघर्ष’ गर्ने



काठमाडौँ, २० पौष । राप्रपा नेपालले आउँदो चैतदेखि ‘जनसंघर्ष’ थाल्ने भएको छ ।

पार्टीको महाधिवेशन ०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने निर्णय पनि केन्द्रीय समितिको बैठकबाट गरिएको छ ।

यही पुस १९ र २० गते (शुक्रबार र शनिबार) बसेको केन्द्रीय समितिको बैठकबाट यीसहित १३ बुँदे निर्णय र माग गरिएको छ ।

“भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रणको निम्ति जनलोकपालको व्यवस्था, संकटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरणलगायतका माग राखेर राप्रपा नेपालले २०८१ चैत महिनादेखि जनसंघर्ष सुरु गर्नेछ,” ३ नम्बर निर्णयमा उल्लेख छ ।