राजनीति

प्रधानमन्त्री ओली सोलुखुम्बुमा



काठमाडौँ, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सूर्केमा पुगेका छन् । 

 ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेका हुन् । उद्घाटन कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सूर्केमा राखिएको छ ।