काठमाडौँ, २१ पौष । तनहुँको बन्दीपुर केबलकारको लिग भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ ।
शनिबार दुई नम्बर पोलसँगैको लिग भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।
डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ । केबलकारको मर्मतको काम भइरहेको छ । बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले भने केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्