काठमाडौँ, २१ पौष । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अगाडिको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको बताएका छन् ।
आज नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका हुन् ।
सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । ‘आउने निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्कता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिलेसँगै सरकारमा रहेर काम गरिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘भन्दा अगाडिको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ।’
प्रतिक्रिया दिनुहोस्