काठमाडौँ, २१ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य गर्नुपर्यो र दुई दलबिचको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गरिएको छ ।
यस्तै माओवादीसँगको सत्ता सहकार्य प्रचण्डका कारण टुटेको प्रतिवेदनमा उल्लेख छ । ओलीले कांग्रेससँगको सहकार्यपछि राजनीतिक कोर्स नयाँ बनेको उल्लेख गर्दै त्यसको व्याख्या र विवेचनामा प्रतिवेदनको पाना खर्चिएका छन् ।
४७ पृष्ठ लामो प्रतिवेदनमा देशमा बढ्दो अराजकता, भूराजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषय समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्