काठमाडौँ, २२ पौष । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ डाइभर्ट गरिएको छ ।
बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौँ डाइभर्ट गरेका थिए ।
विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौँ फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस्