राजनीति

त्रिवि कार्यकारी परिषद्‍मा ४ जना सदस्य नियुक्त



काठमाडौँ, २२ पौष । त्रिभुवन विश्वविद्यालय (त्रिवि)काे कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन् ।

त्रिवि प्रवक्ता एमन सिंह बाेहराका अनुसार उपकुलपति प्राडा केशरजंग बरालले  ५ वटा संकायकाे तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायकाे तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेको हो ।

त्यस्तै २ जना प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत माेहन श्रेष्ठ नियुक्त भएका छन् । पुस १२ गतेदेखि २ वर्षे कार्यकाल सकिएपछि सदस्य पद रिक्त थियो ।