समाचार

भूकम्पबाट क्षति भए/नभएको विवरण संकलन गर्न प्रहरीको सर्कुलर 



काठमाडौँ, २३ पौष । आज बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

नेपाल प्रहरीले भूकम्पबाट क्षति भए/नभएको विवरण संकलन गर्न सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न निर्देशन दिएको हो । 

प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन दिएको जानकारी दिए ।