समाचार

भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी चौकीमा क्षति



काठमाडौँ, २३ पौष । भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति भएको छ ।

भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । चौकीको भवनमा सामान्य क्षति भएको छ ।

चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा महसुस भएको थियो । सिगात्सेबाट ३५ किलोमिटर टाढा दिङ्गे क्षेत्रमा भूकम्प गएको हो । देशभरको क्षतिको विवरण प्रहरी र स्थानीय निकायहरूले सङ्कलन गरिरहेका छन् ।