काठमाडौँ, २३ पौष । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गरेका हुन् ।
उनले भने, ‘हामी संविधानको १० औँ वर्षमा प्रवेश गरेका छौँ । यस बिचमा केही महत्त्वपूर्ण उपलब्धिहरू भएका छन् । मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौँ । उनीहरूले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला । तर लोकतान्त्रिक अभ्यास स्मुथली रन गरिरहेको छ । धेरै कुराहरू भएका छन् । त्यसकै जगमा उभिएर हामीले समीक्षा गर्ने भनेका हौँ । मुलुकमा यावत समस्याहरू छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबिचमा ठुलो ग्याप छ ।’
प्रतिक्रिया दिनुहोस्