समाचार

नगदसहित सुनका विभिन्न गरगहना चोरी



काठमाडौँ, २३ पौष । तनहुँको भानु नगरपालिका-१२ आरूबोटमा सोमबार दिउँसो चोरी भएको छ ।

८१ वर्षीय राम बहादुर खड्काको घरबाट नगद १ लाख ७५ हजार रुपैयाँ र करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको हो । 

यसै गरी भानु नगरपालिका-१३ खड्कागाउँ बस्ने ५४ वर्षीया पुणिमाया खड्काको घरबाट पनि सोमबार दिउँसो नगद ८० हजार रुपैयाँ र करिब १ तोला सुन चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।