Banner News

ओली र पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन



काठमाडौँ, २३ पौष । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै आज सकिएको हो । 

बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ । बैठक समापन गर्दै अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । त्यसक्रममा ओलीले दाने जग्गामा पार्टी कार्यालय भवन बनाउने र नेताहरूमाथि भएको कारबाही फिर्ता नहुने बताएका छन् ।