काठमाडौँ, २५ पौष । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, थुम्लिङमा गए राति भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।
वडा सदस्य हरिाकाजी श्रेष्ठका अनुसार अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको हो । बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।
बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको छ । थप अनुसन्धानका निम्ति प्रहरी र चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ ।
आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका निम्ति जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्