काठमाडौँ, २५ पौष । गौतम बुद्धकाे जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन भएको छ ।
लुम्विनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० रुपैया सङ्कलन भएको हो । यो रकम असोज महिनायताको भएको कोषाध्यक्ष भट्टराईले बताए ।
आर्थिक वर्ष २०८१/०८२ शुरू भएपछि दोश्रो पटक दानपेटिकाको रकम गणना गरिएको हो । पुसको १८ देखि २३ गतेसम्म ५ दिन लगाएर ३२ जना कर्मचारीले भेटिका रुपमा दान गरिएको रकमको गणना गरेका थिए ।
असोजको ११ देखि १३ गतेसम्म यस आर्थिक वर्षको पहिलो पटक रकम गणना गरिएको थियो । रकम गणना गर्दा सीसीटीवी क्यामराको निगरानीमा गणना गर्ने गरिन्छ । मायादेवी मन्दिरको अवलोकन गर्न पुग्ने तिर्थयात्रुले श्रद्धापूर्वक भेटी चढाउने गर्दछन ।
दानपेटिकामा सङ्कलित रकम लुम्बिनी विकास कोषको महत्वपूर्ण आम्दानीको श्रोत भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्