राजनीति

कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजियो : माधव नेपाल



काठमाडौँ, २५ पौष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।

आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कांग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् । 

अध्यक्ष नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए । उनले छिमेकी जिल्लाहरू बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए । उनले उदयपुर र डडेल्धुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे ।