मनोरञ्जन

हरिवंशको ‘भूठान’ वैशाख १२ मा प्रदर्शन हुने



काठमाडौँ, २५ पौष । कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ नयाँ वर्षको वैशाख १२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले फिल्मको फष्टलुक्सको रुपमा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति जानकारी गराएको हो ।

अङ्ग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्ममा हरिवंशको अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजाचन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीका साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डनको पनि अभिनय छ । 

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।