समाचार

अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्युु, दुई जना पक्राउ



काठमाडौँ, २६ पौष । कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्युु भएको छ ।

बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।