काठमाडौँ, २६ पौष । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् ।
गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा यस वर्ष रु २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए ।
गत वर्ष रु २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक रु १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको छ ।
गुल्मीबाट गत वर्ष रु १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्