काठमाडौँ, २६ पौष । धादिङको खनियाबास गाउँपालिका–१ स्थित झार्लाङमा सामान्य विवादमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु भएको छ ।
पौष १४ मा कुटाकुट हुँदा घाइते भएका ४५ वर्षीय रामबहादुर तामाङको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।
उनको हत्यामा संलग्न आरोपमा प्रहरीले झार्लाङ घर भएका २४ वर्षीय नेशन तामाङलाई पक्राउ गरेको छ । उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सँगै बसेर मदिरा खाँदै गर्दा विवाद भएपछि दुई समूहबिच कुटाकुट भएको थियो । कुटपिटबाट घाइते रामबहादुरलाई उपचार गर्न धादिङबेशी हुँदै काठमाडौँ ल्याइएको हो । कुटपिटमा संलग्न अरु दुई जना फरार छन् ।
प्रतिक्रिया दिनुहोस्