काठमाडौँ, २६ पौष । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्य सूचना नागरिकलाई दिन निर्देशन दिएका छन् ।
आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबिचको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सूचना लुकाउने गरी कुनै पनि काम नगरेको बताएका हुन् ।
उनले सरकारले गरेका काम जति धेरै जनताको माझ पुराउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य हुने बताए। ‘जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनु पर्छ, उनले भने, ‘सही सूचना दिँदा कहाँ कसले के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने स्थिति रहन्छ ।’
कार्यक्रममा सहभागी प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सत्य सूचना नागरिकलाई दिन मुख्यमन्त्री कँडेलले निर्देशन समेत दिए ।
प्रतिक्रिया दिनुहोस्