समाचार

पौष २९ गते सार्वजनिक बिदा



काठमाडौँ, २६ पौष । थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पौष २९ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पश्चिम नेपालकोथारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ ।

पौष अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ ।