राजनीति

आयल निगमले इन्धन मात्रै बेचेर रमाउने दिन धेरै रहँदैन: मन्त्री भण्डारी



काठमाडौँ, २७ पौष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले ऊर्जा क्षेत्रमा नयाँ विकल्प प्रयोगमा आइरहेको अवस्थामा अब तेल मात्रै बेचेर रमाउने अवस्था नरहेको बताएका छन् ।

न्त्री भण्डारीको तर्क छ । कर्मचारीहरूले विविधीकरणमा जानुपर्नेमा तत्परता नदेखाएको उनको दाबी छ । निगमका कर्मचारीले काममा तत्परता नदेखाएको बताएका छन् । ५५ वर्षदेखि इन्धन मात्रै बेच्दै आएको निगमले व्यवसायमा विविधीकरण नगरे निगमको अस्तित्व नै संकटमा पर्न सक्ने उनले उनको भनाइ छ । घना बस्तीमा रहेका जोखिमयुक्त डिपो स्थानान्तरण गर्नुपर्ने भए पनि कर्मचारीले तत्परता नदेखाएको मन्त्री भण्डारीको भनाइ छ । पेट्रोलियम पदार्थमा इथानोल मिसाएर प्रयोग गर्ने, घरायसी प्रयोजनका ग्यास सिलिन्डरमा मात्रै अनुदान दिने तथा पाइप लाइनबाटै ग्यास आपूर्ति गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको उनले जनाए । दैलेखमा पेट्रोलियम उत्खननका लागि अध्ययन चलिरहेकामा त्यहाँ पेट्रोलियम पदार्थ रहेकाबारे सकारात्मक प्रतिवेदन आएको उद्योगमन्त्री भण्डारीले बताए ।

‘५५ वर्षदेखि निगमले तेल बेच्ने मात्रै काम गर्‍यो, तेल मात्रै बेचेर रमाउने दिन धेरै रहँदैन । यस अवधिमा निगमको प्रबन्धपत्रले निर्देशित अन्य काम पनि गर्नुपर्थ्यो,’ निगमको ५५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्मचारीप्रति कटाक्ष गरे, ‘गर्नुपर्ने काम धेरै छन्, भौतिक संरचना निर्माण र व्यवसाय विस्तारका काम धेरै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपो सार्ने कामसमेत अपेक्षित ढंगले अघि बढेको छैन । निगमभित्र उच्च पदमा रहेका कर्मचारी औंलामा गन्न सकिन्छ तर परिमाण देखिने गरी काम गर्ने तत्परता कसैले देखाएनन् ।’