काठमाडौँ, २७ पौष । हेन्ले पासपोर्ट इन्डेक्सले विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूको सूची सार्वजनिक गरेको छ ।
हेन्लीले आफ्नो राहदानीमा कति देशले आफ्ना नागरिकलाई भिसा फ्री भिसा उपलब्ध गराउँछ भन्ने आधारमा विश्वका सबै १९९ देशलाई र्याङ्किङ गर्छ ।
इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) बाट प्राप्त तथ्याङ्कका आधारमा तयार पारिएको सूचीमा यसपटक नेपालको वरीयतामा गिरावट आएको छ । नेपाल १०१ औँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा रहेको थियो । नेपालको राहदानी भएका व्यक्तिले भिसा बिना ३९ देशमा यात्रा गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्