राजनीति

निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक: महासचिव पोखरेल



दाङ, २७ पौष । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज घोराहीमा भएको अन्तरसंवाद कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताए । महासचिव पोखरेलले एमालेले वामपन्थी ध्रवीकरणको मुद्दालाई प्राथमिकतामा राखेको र राष्ट्रिय शक्ति निर्माणका लागि काम गरिरहेको बताए । इतिहासबाट शिक्षा लिने र भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै उनले कार्यकर्ताको माध्यमबाट ध्रुवीकरण गर्न एमालेको तयारी रहेको बताए ।

नेपालको इतिहासमै पहिलोपटक नेपाल आँफैले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ”, उनले भने, “यसले प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदोरहेछ भन्ने प्रमाणित भएको छ । मुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको प्रमुख पार्टी सम्मिलित यो सरकार निश्चित उद्देश्य पूरा गर्नतर्फ अग्रसर छ ।”