काठमाडौँ, २८ पौष । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन् ।
नले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ,’ ‘त्यति मात्र होइन, दलहरू नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भुमिकामार्फत नै यसलाई प्रवद्र्धन गर्दै अघि जाने कुराहरू हुन्छन् ।’
राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका मतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए ।
‘दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ,’ सभामुख घिमिरेले भने, ‘तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ ।’
प्रतिक्रिया दिनुहोस्