काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्