राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ ।

पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् । 

सार्वजनिक निर्णयहरु:

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने वर्ष १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने । 

नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गर्ने । 

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

आर्थिक वर्ष २०८१/८२ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३.८६७.३८ निर्धारण गर्ने । 

संयुक्त बजार अनुगमन निर्देशिका २०६९ शहीदका परिवारलाई पेट्रोलियम पदार्थको विक्रेता नियुक्त गर्दा र टैंक टुक रात्र अनुमति प्रदान गर्दा सहुलियत दिने सम्बन्धी कार्यविधि, २०६७ र उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ खारेज गर्ने । 

राजश्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने । 

विशेष अदालत काठमाडौँको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोक्ने । 

नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने र ९ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गर्ने । 

अध्यागमन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (दोस्रो संशोधन)  नियमावली, २०८१ स्वीकृत गर्ने । 

प्रहरी नायव महानिरीक्षकहरू कुवेर कडायत र रविन्द्र के.सी. लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने । 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमा पेस गर्न स्वीकृति दिने । 

नेपाल सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साबिक लुम्बिनी आदर्श गा.वि.स. को ३१०११ बिघा सरकारी प्रकृतिको जन्म लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने । 

नेपाल सरकारको नाममा दर्ता रहेको पर्सा जिल्ला साबिक विजवनिय गा.वि.स. को ०१००० बिघा सरकारी जग्गा जगरनाथपुर गाउँपालिका पर्सालाई उपयोग गर्न स्वीकृति दिने । 

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी सर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

२०८१ माघ ६ गते मलेसियामा आयोजना हुने थारु एनुअल डे एण्ड कल्चरल माघी फस्टिबल कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति दिने । 

पारमाणविक पदार्थको नियमन सम्बन्धी निर्देशिका, २०७२ खारेज गर्ने । 

आगामी २०८१ माघ १६ देखि १७ मा साउदी अरेबियाको रियादम आयोजना हुने मिनिस्टरियल राउण्डटेबल अफ द ग्लोवल लेबर मार्क कन्फ्रेन्समा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आ.व. २०८१/८२ को लागि अधिकृतस्तरका ३ अस्थायी दरबन्दी स्वीकृत गर्ने । 

नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने । 

सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने । 

फ्रेमवर्क एग्रिमेण्ट बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द ग्लोवल फण्ड टु फाइट एड्स टुबिक्लोसिस एण्ड मलेरिया विषयक सम्झौतामा समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वीकृत दिने । 

पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।