राजनीति

पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे सङ्क्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको बताएका छन् ।  

उनले माघे सङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् । उनले भने, ‘यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ।’

माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै उनले माघे सङ्क्रान्ति पर्वले नेपाली समाजको विविधता, परम्परा र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबिच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिने प्रचण्डले उल्लेख गरेका छन् ।