मनोरञ्जन

नेपाली युवाले बनाए ‘महाभारत’को ट्रेलर



काठमाडौँ, १ माघ । कृत्रिम बौद्धिकता (एआई) टुलको प्रयोग गरेर एक नेपाली युवाले ‘महाभारत’को आकर्षक ट्रेलर बनाएका छन् । उनको यो प्रयत्नले सामाजिक संजालमा चर्चा बटुलिरहेको छ ।

२ मिनेट रनटाइमको ट्रेलर व्यवसायिक ट्रेलर सम्पादकले बनाएको भन्दा कम छैन । नेपाली युवा मौसम पुरीले बनाएको महाभारतको ट्रेलरलाई यतिबेला सामाजिक संजालमा ब्यापक सेयर गरिएको छ ।

ट्रेलर बनाउन उनले प्रिमियम एआई टुल मिडजर्नी, क्लिङ एआई र फ्लक्स एआई प्रयोग गरेका छन् । स्क्रिप्ट लेख्न उनले च्याटजिपिटको पनि प्रयोग गरेका छन् । मिनिम्याक्स र क्लिङ टूलमार्फत भ्वाइसओभरमा समेत काम गर्ने उनको योजना छ ।