राजनीति

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो



काठमाडौँ, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

थुनछेक बहसको लागी प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बुधवार लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्दै छन् । उनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् । 

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।