समाचार

चार सय ५४ जना एचआइभी सङ्क्रमित



काठमाडौँ, ३ माघ । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् ।

स्वास्थ्य कार्यालयका अनुसार चार सय ५४ जनमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । 

स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । तनहुँमा भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।