काठमाडौँ, ७ माघ । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।
उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरेको हो । बरामद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको छ ।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको थियो ।










प्रतिक्रिया दिनुहोस्