समाचार

जबरजस्ती करणी गरको अभियोगमा एक जना पक्राउ



भोजपुर, ७ माघ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी गाउँपालिका-८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापालाई पक्राउ गरेको हो । थापाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।