रौतहट, ७ माघ । रौतहटमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ११ जनालाई पक्राउ गरेका हुन् ।
जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा किर्ते मुद्दाका जमिला शेखिन, जमील अख्तर, शेख अजीज मियाँ दर्जी, ओली महमद, शेख हफिज रहेका छन् ।
त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषादेवी राम र बहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोद्वारा सूचनामा उल्लेख गरिएको छ । पक्राउ परेका सबै ११ जनालाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्