समाचार

पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ



सप्तरी, ९ माघ । सप्तरी जिल्लामा सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै ठगी धन्दा चलाइरहेको गिरोहका नाइकेसहित एक जना पत्रकार पक्राउ परेपछि यसको खुलासा भएको हो । 

सप्तरी प्रहरीले बुधवार बिहान पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई तिलाठीबाट पक्राउ गरेको जनाएको छ । पत्रकार यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएकोले पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए । 

उनका अनुसार दर्जनौँ मान्छेहरूको जाहेरी परेपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको र सोही क्रममा पत्रकार यादव पक्राउ परेका हुन ।  यसअघि प्रहरीले पैसा डबल गरिदिने धन्दा चलाइरहेका गिरोहका मुख्य नाइके सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका –७ निवासी रामबहादुर भन्ने हनुमानी रजकलाई पक्राउ गरिसकेको छ ।