राजनीति

सार्वजनिक स्थानमा फोहोर फाले १५ हजार रुपैयाँसम्म जरिवाना



काठमाडौँ, १५ माघ । काठमाडौँ महानगरपालिले सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ । 

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको महानगरपालिकाले एक सूचनमार्फत जनाएको छ ।