राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौँ, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

संसदको आगामी अधिवेशनको तयारीबारे छलफल गर्न पार्टी कार्यालय चःमतिमा बिहान ११ बजे रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

रास्वपाले पनि सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यादेशका अन्तर्वस्तुमाथि भने गुण र दोषका आधारमा बहस गर्ने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसदको हिउँदे अधिवेशन यही माघ १८ गते सुरू हुँदैछ ।