काठमाडौँ, १७ माघ । बागलुङ जिल्लाको कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् ।
बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो । दुई महिनाकी बालिका पनि थपिएकी छिन् ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ परेकी थिइन् ।
सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका चार वर्षीय छोरा पनि कारागार पुगेका थिए । छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछिल्लो १० महिनादेखि छोरालाई आफूसँगै कारागारमा राख्दै आएकी छन् ।
कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनीसँगै उनकी दुई वर्षीया छोरी कारागारमा बस्दै आएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्