काठमाडौँ, १७ माघ । प्रहरीले कपिलवस्तुबाट चरेससहित एकजना युवतीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारत तर्फ जान लागेको अवस्थामा भारतको उत्तरप्रदेश बस्ने ३० वर्षीय सरस्वती बिकलाई पक्राउ गरेको हो ।
आरोपीको साथबाट प्रहरीले १ किलो २५ ग्राम लागुऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले उनिबारे अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्