काठमाडौँ, १७ माघ । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् ।
खोटाङको दिक्तेलबाट काठमाडौँ आउँदै गरेको ना१ज६४२१ नम्बरको सुमो गाडी गए राति दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
गाडी ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्