समाचार

मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्युु



अछाम, १७ माघ । अछामको कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।