काठमाडौँ, १९ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका–३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्