राजनीति

सेवा दिनकै लागि म राजनीतिमा लागेको हो : प्रकाशमान सिंह



काठमाडौँ, १९ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  विदेशमा ठुला ठुला काण्ड गरेर ठुलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको बताएका छन् ।  

आज विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सिंहले आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे ।

उनले भने, ‘अहिले मान्छेहरूलाई कस्तो लाग्छ भने यो राजनीति गर्ने मान्छेहरू सबै समाजको काम नलाग्ने मान्छेहरू मात्रै राजनीतिमा लाग्छ भन्ने खालको भाष्य विकास गर्न खोजिरहेको छ । त्यसमा तपाईँहरू सबैले के बुझ्नुपर्‍यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्याउन कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोचि लाग्नु हुँदैन । राजनीति क्षेत्रबाट देशको समग्र विकास गर्न सक्ने सशक्त माध्यम राजनीति हो । सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो ।’